नेपाल र बंगलादेशबीच साफ च्याम्पियनसिप फाइनल प्रवेशका लागि प्रतिस्पर्धा

काठमाडौं , २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार साँझ पौने पाँच बजे रंगशालामा सुरु हुनेछ ।


प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई आजको खेलमा बराबरी मात्रै गरे पनि फाइनलमा पुगेर इतिहास रच्ने इतिहास रच्ने मौका र विश्वास रहेको बताएका छन् ।


नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र सात खेलमा नेपाल विजयी भएको छ भने दुई खेल बराबरी भएको छ । साथै नेपाल र बंगलादेश साफ च्याम्पियनशीपमा भने सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति