ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु « Nepal Page



ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी, २७ असोज । महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका– ३ तारलमा दुर्घटनामा परेको अनटेस्ट ट्याक्टर ।


मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board