नेपाल पञ्चांग निर्णायक समितिले निकाल्यो टीकाको साइत शुक्रबार १०:०२ बजे

काठमाडौँ, २७ असोज । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार महानवमी पर्व मनाइन्छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति