मोतीपुर रणमैदान बन्नु कारण तत्कालीन सरकार भएको सत्तारूढनिकट तीन विद्यार्थी संगठनको निकर्ष

काठमाडौं, २६ असोज । सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको विरोध गरेको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले यस घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष निकालेको छ।

मंगलबार तीन अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र त्यसको अर्थमन्त्रीका कारण यो घटना भएको निष्कर्ष निकालेको हो।

तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरूपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँ बसोबास गरिरहेका जनतालाई लखेटेको कारण घटना भएको संगठनको आरोप छ।

तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरूपयोग गरी मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतीपुर क्षेत्र रणमैदान भएको छ, विज्ञप्तिमा उल्लेख छ ुअनाहकमा जनताको ज्यान गएको छ। यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।

आइतबार रूपन्देही मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो।झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए। झडपमा सुरक्षाकर्मीसहित कयौं घाइतेसमेत भएका थिए।

त्यस घटनाको मुख्य दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न तीन संगठनले माग गरेको छ। साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निस्शुल्क उपचार गर्न समेत माग राखेको छ।
मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीको समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न सरकारसँग माग राखेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति