पोखरा राइनोजलाई ४ विकेटले हराउँदै ईपीएलको उपाधि चितवनले जित्यो

काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ ।उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे ।पोखराका किशोर महतोले ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए । कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे ।

विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २र२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १र१ विकेट रह्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board