हमाल कांग्रेसका पुरानो नेता भएकाले नै मन्त्री बनाइएको हो: मन्त्री रेग्मी


काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिनुभएको स्पष्ट पारे

नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले भने, “हमालजी हाम्रो पार्टीको पुरानो नेता हो । उनले अवसर पाएको थिईन । कसैको नाता पर्न जानु अस्वभाविक होइन । उनले पार्टीलाई पु¥याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको हो ।”

मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा हुनु सकारात्मक भएको उल्लेख गर्दै हरेक ठाउँमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सकिएमा नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने सम्भावना रहेको बताए । उनले भने, “हाम्रो देशमा महिला राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश हुनुभयो । अब प्रधानमन्त्री हुन पनि महिला सक्षम छन् ।” उनले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गरे ।

मुलुकमा बढ्दो महिला हिंसाका घटनाप्रति आफू अत्यन्त गम्भीर रहेको बताउँदै उनले ज्येष्ठ नागरिकले घरमा ससम्मान बाँच्नसक्ने तुल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विदेशमा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिएको उल्लेख गर्दै मन्त्री रेग्मीले नेपालमा पनि उनीहरुको अधिकार प्राप्तिका लागि ध्यान दिनेछु भने ।

उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताए । अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति