काठमाडौं, २१ असोज । नागढुंगा प्रहरी प्रभागका सबै प्रहरीलाई हटाईएको छ । चाडवाडको मुखमा कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर प्रहरी निरीक्षक त्रिभुवन थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाइएको हो। कार्यालयले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर नयाँ टोली पठाइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उक्त प्रभागमा कायम भएको दरबन्दी अनुसार नयाँ प्रहरी निरीक्षकसहित टोली खटाइएको छ।
नागढुंगाका सबै प्रहरी हटाइए
प्रतिक्रिया