नेवारी प्रचलनमा कुःछी भ्वयः किन खाईन्छ, यस्तो छ कारण

आज नेपालीहरुको महान् चाड दसैँको पहिलो दिन घटस्थापना सबैजनाले घरघरमा जमरा छरेर मनाए । त्यसगरी वर्षमा एकपटक दसैँमा अष्टमीका दिन नेवार समुदायहरुले विशेष भोज कुःछी भ्वय खाने गर्छन् । वर्षमा चार रात्री सुत्न हुदैन भन्ने परम्परा भएको छ । ती रात्रीमा मोह रात्री (कृष्ण जन्माष्टमी), काल रात्री (दसैँको अष्टमी), नव रात्री (रावनवमी) र त्याग रात्री (शिव रात्री) पर्दछन् । त्यस मध्ये कुःछी भ्वय काल रात्रीमा खाने प्रचलन रहेको छ ।

कुःछी भ्वयमा १२ थरीका विभिन्न प्रकारका परिकारका साथ दुई माना चिउरा खाने गरिन्छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाका सामाजिक अभियन्ता पञ्चकृष्ण दलि श्रेष्ठले जागराम बस्ने यो भोजको महत्वपूर्ण सम्बन्ध रहेको बताए । उनका अनुसार जागराम बस्न सजिलो होस् भनेर नै यो भोजका परिकार अरु बेला भन्दा धेरै र प्रक्रिया लामो बनाईएको हुन्छ । कुःछी भ्वयको साँस्कृतिक महत्वसँगै स्वास्थ्यको हिसाबले पनि वैज्ञानिक रहेको श्रेष्ठ बताउछन् । यस भोजको मुख्य परिकार अम्बा र केरा रहेको हुन्छ ।

नेवारी विशेष भाेज कुःछी भ्वय

भोजमा अम्बा, केरा, वः (बारा), अण्डा र चिउरा बाहेकका १२ थरी परिकार रहने र त्यस मध्ये अम्बा केराले पाचन प्रणालीमा फाइदा पु¥याउने उनि बताउछन् । केरा खाली पेटमा खान नहुने तर खाना पछि खाँदा पाचनशक्ति बढाउने बताए । खाना र मानिसले गर्ने काम एकअर्कामा पुरक हुनु पर्ने अभियन्ता श्रेष्ठ भन्छन्,“कुःछी भ्वयमा दुई माना चिउरा र अरु परिकार खाँदा कसैकसैले थप्ने पनि गर्छन्, मानिसले जति परिश्रम गर्छ त्यति खाना खानुपर्ने र यस भोजमा कसले कति खान्छ, कसले कतिको परिश्रम गर्छ भन्ने कुरा पनि अन्दाज हुन्छ ।”

सामाजिक अभियन्ता पञ्चकृष्णा दलि श्रेष्ठसँग भलाकुसारी गर्दै

मानिसको शरीरलाई आवश्यक भोजन, आवश्यक परिश्रम भएमा उसको आयु पनि बढ्ने किम्वदन्ति रहेको छ । पहिले पहिलेका मानिसहरु आशिर्वाद दिँदा तीन सय साठी वर्ष बाँचोस् भन्ने गरेको सामाजिक अभियान्ता श्रेष्ठले स्मरण गरे । श्रेष्ठ बताउछन् –दसैँ जस्तो पर्व मनाउनुपर्छ भनेर चलन चलाए, विभिन्न कहानी लेखे, यस्तो गुणकारी कुःछी भ्वयको आविष्कार गरे उनीहरु युगले सम्झन लायक रहेका छ । उनी थप्छन्,“हामीले नयाँ लुगा लगाएर मात्र हुँदैन, पुराना किताब नपढेँ त्यो नयाँ लुगाको कुनै अर्थ हुँदैन ।” मानिसको व्यक्तित्व उसको विचारले देखाउँछ उनको पहिरनले होइन उनको भनाई रहेको छ ।

जे-जे कारणले यो कुःछी भ्वयको चलन आएपनि हालसम्म यसको नेवारी समुदाय लगायत देशकै लागि एक महत्वपूर्ण साँस्कृतिक परम्परा भएको छ । पहिले देखि चलि आएको भनेर जुनै राम्रो नराम्रो पर्व वा अन्य चलनलाई शिरोधारण गर्नु भन्दा त्यस पछाडिको कारणलाई बुझि अहिले समयमा कति व्यवहारिक छ छैन हेक्का राखेर अगाडि बढे राम्रो हुने देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति