यमन , २१ असोज । यमनको मारिब सहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भएको भिडन्तमा परी ८० भन्दा बढी मानिस मारिएका छन्।
सिन्ह्वा समाचार समितिले यमनको सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीले आक्रमण सुरु भएपछि दुई पक्षबीच भिडन्त भएको र त्यसक्रममा ८२ जनाको ज्यान गएकोजनाएको छ । घटनामा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेनाको मृत्यु भएको हो। अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन्।
हुथी विद्रोहीलेपछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाइनियन्त्रणमा लिने प्रयास गरिरहेको र सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो । इरानसमर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको मृत्यु भइसकेको छ भने गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए।
प्रतिक्रिया