मन्त्रालय भागबण्डामा नेकपा (एस) असन्तुष्टि

काठमाडौं, २१ असोज । नेकपा(एस)ले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै संख्या थप्‍न र मन्त्रालय परिमार्जन गर्न माग गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालयको संख्या कम भएको निष्कर्ष निकाल्दै त्यसबारे सत्ता गठबन्धनमा कुरा राख्ने निर्णय गरेको नेता विरोध खतिवडाले जानकारी दिए ।

बैठकमा मन्त्री संख्या ५ र एक राज्यमन्त्री पाउनुपर्ने कुरा उठेको खतिवडाले बताए ।बैठकपछि अध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । सत्तारुढ दलको मन्त्रालय भागबण्डा गर्दा नेकपा(एस)को भागमा ४ मन्त्रालय परेको छ । नेकपा (एस)ले आफ्नो पार्टीबाट बन्‍ने मन्त्रीको नाम छान्न अध्यक्ष नेपाललाई जिम्मेवारी दिएको छ । सत्ता गठबन्धनको बैठकमा प्रदेश १ र वाग्मती प्रदेश सरकारको नेतृत्वको टुंगो पनि लगाउने तयारी भएको खतिवडाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति