बन्दुक देखाएर महोत्तरीमा गरगहना लुटपाट गरीयो

जलेश्वर , २१ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा लुटेराको समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ ।

बिहीबार बिहान ३ बजेको समयमा स्थानीय कैलाश सिंहको घरमा उनकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।घटना बिहान ३ बजे भएपनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए। लुटेराले सिंहको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित पाँच लाख रुपैयाँ बढीको गरगहना लुटेर लगेको र प्रहरीले अहिले लुटेराको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति