काठमाडौं , २१ असोज । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१÷०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
पर्यटन तथा वैदेशिक रोजगारीमा सुधार आइरहेको साथै कोरोना भाइरसविरुद्धको खोप अभियान बढिरहेको दरले आर्थिक वृद्धि हुने विश्व बैंकले जनाएको छ।
विश्व बैंकले दक्षिण एसियामा सन् २०२१ / ०२२ मा ७.१ प्रतिशतले आर्थिक वृद्धि हुने साथै यस क्षेत्रको अर्थतन्त्र महामारीबाट तंग्रिरहेको विश्व बैंकले बताएको छ ।
कोरोनाले सम्पूर्ण विश्वलाई प्रभावित बनाएको थियो । वर्तमान अवस्थामा कोरोना लहर विद्यमान रहेपनि यो वर्षको दोस्रो त्रैमासिकमा देशहरुले आर्थिक क्षेत्रमा यसको प्रभाव कम गर्न सफल भएको विश्व बैंकले बताएको छ । आर्थिक स्थिति सुर्धानकोलागि गरिरहेको विभिन्न क्रियाकलाप तथा अभियानले देशहरुको आर्थिक वृद्धिदर हुने समभावना देखिएको हो ।
विश्व बैंकको प्रक्षेपण: ३.९ प्रतिशतले नेपालको आर्थिक वृद्धिदर हुने
प्रतिक्रिया