आईपीएल क्रिकेटमा हैदराबादले बैंग्लोरलाई ४ रनले हरायो

काठमाडौं, २१ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले पराजित गरेको छ ।
आबुधाबीमा हिजो भएको खेलमा हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

बैंग्लोरका देवदूत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहँदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए ।हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए । जासन होल्डरले १६ रन जोड्दा प्रियम गार्गले १५ तथा अविशेक शर्माले १३ रन बनाए । बैंग्लोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति