बिहीबार बिहानै पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु


काठमाडौं, २१ असोज । पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।समाचार संस्था एएफपीसँग कुरा गर्दै प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको जानकारी दिएका छन्। भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो।भूकम्पबाट सबैभन्दा धेरै हारनाई सहर प्रभावित भएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु पनि त्यहीँ थियो। केन्द्रबिन्दुदेखि १७० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो।पाकिस्तानी अधिकारीहरूले उद्धारको काम भइरहेको जनाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति