मुख्यमन्त्री लालबाबुले पाए विश्वासको मत, सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत

काठमाडौं, २० असोज । प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जसपा विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले समर्थन गरेका कारण उनको सरकार सुरक्षित भएको हो । प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गरेका छन् । विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित भएका छन् । प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १०८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारवाहीमा हाल १०४ सांसदमात्र छन् । तीमध्ये ४ जना अनुपस्थित हुँदा राउतको पक्षमा दुई तिहाई वहुमत आएको हो । उनको पक्षमा जसपा,कांग्रेस,नेकपा एस उभिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति