माओवादीले टुंग्यायो मन्त्रीको नाम, को–को बन्दैछन् ?

काठमाडौं, २० असोज।   नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुंग्याएको छ । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो ।माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्। माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ।माओवादीको भागमा शिक्षा, खानेपानी र भूमिसुधार मन्त्रालय परेका छन्। राज्य मन्त्रीका लागि भने मन्त्रालय पक्का भइनसकेको बताइएको छ।पाँच दलीय गठबन्धनमा चार दलका लागि मंगलबारै मन्त्रीको भागबण्डा भइसकेको छ। यस्तोमा माओवादीले पाँच मन्त्रालय पाएको छ।असार २९ गते देउवाले प्रधानमन्त्रीको सपथ लिएकै दिन माओवादीबाट ऊर्जा मन्त्रालयमा पम्फा भुसाल र अर्थमन्त्रालयमा जनार्दन शर्माले नियुक्ति पाइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति