इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, २० असोज। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

उनीहरुमाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए ।बुधबारदेखि अदालतमा दशैं विदा शुरु भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा दशैं विदा हुने भए पनि यस बीचमा बन्दी प्रत्यक्षीकरण रिट भने सुनुवाइ हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति