ताइवानबारे तनाव : बाइडेन र सीबीच छलफल

काठमाडौं, २० असोज । चीन र ताइवानबीच तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन् ।बाइडेनले मंगलबार ताइवानबारे सीसँग छलफल गरेको जानकारी गराएका हुन् । ह्वाइट हाउसमा पत्रकारले ‘ताइवानमा चीनको उक्साहटपूर्ण’ व्यवहारबारे सोधेको प्रश्नको उत्तरु दिँदै बाइडेनले भने– ‘मैले ताइवानबारे सीसँग कुरा गरेको छु’, ताइवान सहमतिलाई पालना गर्नेबारे हामी सहमत छौं र उनले समेत सहमतिबाहेक अन्य कुरा गर्न नहुने भनेर प्रस्ट बताएका छौं ।’ चीनले सोमबार ताइवानी आकाशमा हालसम्मकै धेरै सैनिक जहाज उडाएको थियो । पछिल्लो चिनियाँ व्यवहारपछि बाइडेनले सीसँग यसबारे छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

ताइवानले चीनको पछिल्लो व्यवहार उक्साहटपूर्ण भन्दै निन्दा गरेको छ । ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले बुधबार २०१५ सम्ममा चीनले आफ्नो मुलुकमा आक्रमण गर्ने तयारी गरेको चेतावनी दिएका थिए ।यसअघि ताइवानी राष्ट्रपति त्साई इङ वेनले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी थिइन् ।

वेनले फरेन अफेयर्समा एक लेख लेख्दै ‘लोकतन्त्र र आफूहरुमाथि खतरा उत्पन्न भए ताइवानले सबै उपाय अपनाएर आफूलाई रक्षा गर्ने’ प्रस्ट पारेकी छन् ।उक्त लेखको जवाफ दिँदै चीनको ग्लोबल टाइम्सले वेन र उनको दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको लोकतन्त्रलाई ‘अतिवादी विचारधारा’मा परिणत गरेको जनाएको छ । ‘उनीहरुले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गरे भने उनीहरुको नियति विनाशकारी हुनेछ’, ग्लोबल टाइम्सले लेखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति