हृदयघातले ‘रावण’को निधन


काठमाडौं । टेलिभिजनमा लोकप्रिय सिरिज ‘रामायण’मा लंकाधिपति रावणको भूमिकामा अभिनय गर्ने कलाकार अरविन्द त्रिवेदीको हृदयघातले निधन भएको छ ।गएराति ८३ वर्षिय त्रिवेदीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका भतिजा कौस्तुभ त्रिवेदीले अभिनेताको मृत्युको पुष्टि गरेका हुन् ।
अभिनेता त्रिवेदीको मृत्युपछि रामायणका सहअभिनेताहरु अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलिया र फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्रिवेदीको निधनमा शोक व्यक्त गरेका छन् । मोदी लेख्छन् स् हामीले अरविन्द त्रिवेदीलाई गुमाएका छौं । उनी एक असाधारण अभिनेता थिए । जनसेवाप्रति उनी समर्पित थिए । भारतको आगामी पुस्ताले पनि उनलाई सम्झनेछ । ओम शान्ति । रामानन्द सागरको रामायणमा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति