काठमाडौँ, २० असोज । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोल लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले डंगोललाई उक्त अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका हुन् ।विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् । उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी थिइन् । उनी अहिले ८९ वर्ष पुगेकी छिन् । यसअघि अवकाशप्राप्त पूर्वमहानिरीक्षक र वरिष्ठ अधिकारीहरूलाई यस अवार्ड दिइँदै आइए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षकलाई दिइएको हो ।२००७ सालमा नेपाल प्रहरीको स्थापना भए पनि नेपाल प्रहरीले २०१२ को प्रहरी ऐनलाई आधार मानेर प्रहरी स्थापना दिवस मनाउँदै आएको छ । ६६औं प्रहरी स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया