भौतिकविज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडौं, १९ असोज । यस वर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले पाउने भएका छन् ।जापानी मूलका अमेरिकी नागरिक स्युकुरो मनाबे, जर्मनका क्लाउस हेसलम्यान र इटालीका जर्जियो पारिसीलाई सो पुरस्कार दिइने भएको हो । ती वैज्ञानिकहरूले पृथ्वीको जलवायुजस्तो जटिल प्रणालीको विषयमा गरेको अनुसन्धानका लागि पुरस्कार दिने घोषणा भएको हो । उनीहरूले करिब ११ लाख ५० हजार अमेरिकी डलर पाउनेछन् । ९० वर्षीय मनोबल वायुमण्डलमा कार्बनडाअक्साइडको तह बढ्दै जाँदा कसरी पृथ्वीको तापमान बढिरहेको छ भनी अनुसन्धान गरेका थिए ।हेसलम्यान मौसम परिवर्तनशील र भद्रगोल हुँदा पनि कसरी जालवायुलाई स्थिर राख्न सकिन्छ भन्ने प्रश्नको खोज गरेका थिए । गर्जियोले असन्तुलित र जटिल पदार्थको लुकेको नियमलाई पत्ता लगाएका हुन् ।नाबे हाल अमेरिकाको प्रिन्सटन विश्वविद्यालयम आबद्ध छन् । हेसलम्यान भने ह्यामबर्गस्थित म्याक्स प्लान्क मौसम विज्ञान प्रतिष्ठानमा आबद्ध छन् भने जर्जियो भने रोमस्थित सापिएन्जा विश्वविद्यालयमा छन् । यसअघि चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिको नागरिक डेभिड जुलिएस र आर्देम पातापुशनलाई दिने निर्णय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति