३३ किलो सुन तस्करी प्रकरण : डिआइजी लोहनीसहित सबै प्रहरीले पाए सफाइ

काठमाडौँ, १९ असोज । ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा जोडिएका सबै प्रहरीहरूले सफाइ पाएका छन्।मंगलबार जिल्ला अदालत मोरङले सुन प्रकरणमा जोडिएका सबै प्रहरीहरूलाई सफाइ दिएको हो। सफाइ पाउनेमा डिआइजी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, पूर्वएसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, प्रहरी उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र विष्णु थापा छन्।

उनीहरू सबैले सफाइ पाएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टेकेन्द्र वीरजंग राणाले बताए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन गायब भएपछि अपराध महाशाखाका तत्कालीन एसएसपी लोहनी, तत्कालीन डिएसपी केसी र सई सञ्जेलले खोजी थालेका थिए। त्यसक्रममा भरिया सनम शाक्यको हत्यापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिले त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ३३ किलो सुनको अनुसन्धान गरेको थियो। अनुसन्धानमा तत्कालीन अवस्थामा त्रिभुवन विमानस्थलमा रहेका डिआइजी निरौला, खत्रीसहितका अन्य प्रहरीलाई प्रतिवादी बनाइएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति