काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ७६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ५८२ पीसीआर परीक्षणमा मंगलबार थप ७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ ।यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४६० परीक्षणबाट २०६ जनामा पोजिटिभ देखिएको छ ।२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४२ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ३३८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।हालसम्म देशभर ४२ लाख ४५ हजार ६३८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार २४८ छ ।पछिल्लो २४ घण्टामा खोप लगाएकाको संख्या १ लाख ३२ हजार ८९६ रहेको छ ।
प्रतिक्रिया