युरोपमा १८ वर्षदेखि माथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन अनुमति

काठमाडौं, १९ असोज युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएको छ । युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो ।कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ ।बुस्टर डोज दिने विषयमा सम्बन्धित देशको स्वास्थ्य निकायले निर्णय गर्नेछ । बुस्टर डोज लगाए पछि शरीरमा एन्टिबडीको क्षमता बढ्ने विज्ञले बताउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति