तालिबानले हजारा समुदायका १३ जनाको हत्या गरेको एम्नेस्टी इन्टरनेशनल भनाई

काठमाडौं, १९ असोज । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले हजारा समुदायका १३ जनाको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको केही समयपछि नै तालिबानले उनीहरुको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि रहेको एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ ।गत अगष्ट ३० मा तालिबानका तीन सय लडाकु खिदर जिल्लामा प्रवेश गरेका थिए र उनीहरुले अफगानिस्तानको सेनाको लागि काम गरेका ११ जनाको हत्या गरेका थिए । उनीहरुमध्ये नौ जनालाई खोलाको छेउमा लगेर आत्मसमर्पण गराएपछि हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।मंगलबार सार्वजनिक गरिएको रिपोर्टअनुसार तालिबानद्वारा मारिएकी किशोरीको नाम मासुमा हो र तालिबानले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । अर्का फयाजको पनि तालिबानले चलाएको गोली लागेर मृत्यु भएको छ ।तालिबानबाट मारिएका पूर्व सैनिकहरु २६ देखि ४६ वर्ष उमेर समूहका थिए । तालिबानबाट मारिएका सबै मानिसहरु हजारा समुदायका थिए । यसअघि सन् १९९६ देखि २००१ बीचको शासनकालमा पनि हजारा समुदायलाई आफ्नो निशानामा पार्दै आएको थियो । एम्नेस्टीले गत जुलाईमा पनि तालिबानले हजारा समुदायका नौ जनाको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति