काठमाडौं,१९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारको रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्। रिफ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। ‘उहाँ रिफ्रेस हुन आउनुभएको हो। हिजो यहीँ बस्नुभयो, आज फर्किनुहुन्छ,’ एक स्रोतले भन्यो। औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन्।
सोमबार चन्द्रागिरिको रिसोर्टमा बसिन् राष्ट्रपति भण्डारी
प्रतिक्रिया