गायक प्रेमध्वज प्रधानको सम्झनामा एबीसी टेलिभिजनका ब्रोकास्टीङ म्यानेजर सम्मानित

काठमाडौं, असोज १७ । एबीसी टेलिभिजनकाब्रोकास्टीङ म्यानेजर संजिव राजा श्रेष्ठ प्रेमध्वज बृहत विशेष सम्मान तथा साङ्गीतिक कार्यक्रम २०७८ बाट सम्मानित भएका छन् । उहाँले संचारका माध्यबाट मार्फत कला क्षेत्रलाई उजागर गर्न अतुलनिय योगदान पुराएको भन्दै सम्मान गरिएको हो । कलास्टार अनलाइनको आयोजनामा गोलडेन भ्वाइस अफ नेपालबाट सम्मानित गायक तथा संगीतकार स्वर्गीय प्रेमध्वज प्रधानको ४५ औं दिनको पुष्य तिथिमा प्रेमध्वज प्रधान कला स्टार अनलाइन प्रतिभाको खोजी २०७८ बाट फाउण्डेशनले सम्मानि गरेको हो । प्रेमध्वज प्रधानको विशेष सम्झनामा समाज, कला र संगीतको क्षेत्रमा विशेष योगदान पु¥याएका १८ जनालाई समान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ नायक भुवन केसी, वरिष्ठ नायिका रेखा थापा, काठमाडौं महानरपालिका नगर प्रमुख विद्या सुन्दर शाक्य छन् । त्यसैगरी वरिष्ठ गायिकाहरु कुन्ति मुक्तान, ज्ञानु राणा, वरिष्ठ संगीतकार दिप श्रेष्ठदेखि सञ्चार उद्यमीसम्म छन् । कार्यक्रमका प्रमुख अतिथि सांसद रामविर मान्नधरले सबैलाई सम्मान गर्नुभएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति