फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु काठमाडौंमा

काठमाडौं । फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन आज बिहान काठमाडौं आइपुगेका छन् ।इन्डियन एयरलाइन्सको विमानबाट उनीहरु बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ ।भोलिदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।आज काठमाडौं ल्यान्ड गरेको जानकारी दिँदै अनुपमले आकाशबाट काठमाडौं उपत्यकाको भिडिओ सेयर गरेका छन् । मित्रताको कथा पेश गर्ने फिल्म निर्देशक वर्जत्यको सातौं निर्देशकीय फिल्म हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति