अव्यवस्थित तारहरूले शहर देखियो कुरूप (फोटोफिचर)

संघिय राजधानी काठमाडौंको शहरमा लत्रिएका तार र अव्यवस्थित पोल । बत्ती, केबल, नेट र टेलिफोनका तार एउटै पोलमा जोडिएका छन् । तीव्र रूपले जनसंख्या बढेको छ । नयाँ प्रविधि प्रयोग गर्नेको संख्या पनि उकालो लाग्दै छ। एउटै खम्बामा हजारौं तार जोडिएका छन् । तारको संख्या थेग्न नसकेर खम्बा ढल्केका छन् । फलामका तार खिया लागेर भाँचिन मात्र बाँकी छ । तैपनि टेलिकम, विद्युत् प्राधिकरण, सडक विभाग र महानगरले खम्बा फेर्नमा कुनै चासो देखाएका छैनन् । एक अर्कोमा आरोप प्रत्यारोप लगाएर विद्युत प्रधिकरण र दुरसंचार प्रदायक संस्थाबीच जुहारी चलेको छ । विद्युत प्राधिकरण पनि विभिन्न स्थानमा तार काट्दै लथालिङ अवस्थामा छोडेको छ ।

तार लत्रँदा मान्छेलाई करेन्ट लाग्ने सम्भावना धेरै हुन्छ । खम्बाबाट झरेको तार कुनै पनि बेला चुँडिन सक्छ । ०७३ सालपछि शेरबहादुर देउवाको सरकारमा सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत थिए । उनले सबै तार अण्डरग्राउण्ड गर्ने भनेर मन्त्रीस्तरीय निर्णय गरे । निर्णयसँगै उनी आफैँले शहरको तार काट्ने कामको थालनी गरे । लगत्तै केपी ओलीको सरकार आयो । सूचना तथा सञ्चारमन्त्री बनेका गोकुल बाँस्कोटाले तार व्यवस्थित गर्नेतिर कुनै चासो दिएनन् । काम गर्न खोज्दाखोज्दै आफ्नै बोलीले उनी सिद्धिए । केपी ओलीकै पालामा पटक पटक सूचनामन्त्री फेरिए तर कसैबाट पनि सोचेअनुरूप काम हुन सकेन । उपत्यका मात्र होइन, ७ वटै प्रदेश अव्यवस्थित तारका कारण अस्तव्यस्त बनेको छ । अव नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नया सरकार बनेको छ , विद्यु्त प्राधिकरणपनि नया कार्यकारी प्रमुखको आगमन भएको छ । अव यो तार व्यवस्थापनले निकास पाउनु पर्छ ।

भिमसेन मन्दिर चाेक, थिमीः कलात्मक शैलीका मन्दिरलाई नै छेकिने गरी राखिएका अव्यवस्थित तारका पाेलहरूले सुन्दर मन्दिर क्षेत्र नै कुरूप देखिएकाे छ ।
काेटेश्वर, काठमाडाैः सर्वसाधारण हिड्ने फुटपाटमा राखिएका अव्यवस्थित तारका पाेलहरूले हिड्न अफ्ठेराे भएकाे देखिन्छ । त्यसमा अझ काेटेश्वर व्यस्त सडकका माेटरसाईकलहरू लाईनले राखिएपछि व्यस्त सडक फुटपाट विहिन बनेकाे छ ।
अनामनगर, काठमाडाैः पाेलमा राखिएकाे अव्यवस्थित तारहरूले बजार कुरूप देखिनु साथै क्षमता भन्दा बढी तारहरू राख्‍नाले दुर्घटनाकाे खतरा रहेकाे छ।
न्यू प्लाजा, काठमाडाैः काठमाडाैका विभिन्न केवुल प्रदायक संघ सस्थाहरुको लापरवार्ही देखाई रहेकाे छ।
न्यू प्लाजाः सडकमा तारहरू काटेर लथालिङ अवस्थामा छोडिएको छ ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति