अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरु पुनः फर्किने क्रम शुरु : उपमहासचिव पौडेल

काठमाडौं, १८ असोज । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको दाबी गरेको छ । पार्टीको विधान महाधिवेशनमा कसैले पनि फरक मत दर्ज नगरेको उनको भनाइ छ ।सोमबार पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेको सोमबार पत्रकारसँग कुरा गर्दै एमाले संगठन विभाग प्रमुख समेत रहेका पौडेलले विचार, संगठनसहित पार्टी सबै हिसाबले एकतावद्ध रहेको दाबी गरे ।‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला ।

ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ,’ उनले भने, ‘त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रुपमा फरक मत राखेन भने देखिन ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ ।’उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको जिकीर गरे ।

विधान महाधिवेशनको उपस्थिति, त्यहाँ भएको छलफल र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ ।पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै स्वार्थवस, कुण्ठावस र इस्र्यावस केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरु पुनः फर्किने क्रम शुरु भएको दाबी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति