दाङमा झण्डै ५० किलो सुकुटी बोकेका दुईजनालाई प्रहरीद्धारा पक्राउ

दाङ , १८ असोज। जंगली जनावरको झण्डै ५० किलो सुकुटी सहित दाङ देउखुरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

गएराति एक बजे रा ३ प ३०६० नम्बरको मोटरसाइकल राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गर्दा प्रहरीलाई शंकास्पद स्थिति लागेर नियन्त्रणमा लिई जाँच गर्ने क्रममा चामलको बोराभित्र अन्दाजी २२ किलो र अर्को बोरामा २५ किलो सुकुटी फेला परेको प्रवक्ता रिजालले बताए । पक्राउ पछि जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षणपछि मात्र केको हो भनेर पत्ता लाग्ने भन्दैm पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति