काठमाडौं, १८ असोज । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न पुगेका छन्।सोमबार विहान सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न गएको हो। मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश राणाले पनि भागबण्डा मागेको समाचार सार्वजनिक भएसँगै सर्वोच्च बारका पदाधिकारी उनलाई भेट्न पुगेका हुन । छलफलमा कोटा मागेको, संवैधानिक इजलास लगायतका विषयमा छलफल हुने सर्वोच्च बारका एक पदाधिकारीले जानकारी दिए। यसअघि पनि संवैधानिक इजलास गठनमा प्रधानन्यायधिश राणाले सहमति पालना नगरेको भन्दै पदाधिकारीहरु रुष्ट छन् । भेटको क्रममा प्रधानन्यायाधीश जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको दावी गरे ।
सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताए । प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए । छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताए ।
प्रतिक्रिया