यस्तो छ आज बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची


काठमाडौं, १८ असोज ।राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकको सुरुमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने र त्यसपछि विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने छन्।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८”, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “अध्यागमन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८ सभा समक्ष पेश गर्ने कार्यसूची छ।

बयसैग्री, प्रधानमन्त्री देउवाले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, “अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ र “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति