काठमाडौँ, १८ असोज । सङ्खुवासभा। नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमिति सभापतिमा दीपक खड्का विजयी भएका छन्।
आज बिहान मतपरिणाम सार्वजनिक भएको हो । खड्का एक हजार १९८ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। खड्का वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
खड्कासित सभापतिमा भिडेका राईमान राईले ११० मत मात्र पाए । खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत हुन्। उनी सङ्खुवासभाबाट निर्वाचित संविधानसभा सदस्य समेत हुन् ।कूल एक हजार तीन सय ५२ मत खसेको थियो।
उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भए ।
प्रतिक्रिया