काकाठमाडौं, १७ असोज । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम नै बिजयी भएको छ ।
आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्य सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका प्रगतिमान रन्जितले आधा भन्दा कम मत प्राप्त गरेका छन् ।त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् । काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको हो ।
काठमाडौंमा महानगरपालिकामा निलकाजीको प्यानल नै बिजयी
प्रतिक्रिया