नेपालको सीमावर्ती भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीले जितिन् उपनिर्वाचन

काठमाडौ, १७ असोज । नेपालको सीमावर्ती भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उपनिर्वाचनमा जित हात पारेकी छन्।
आइतबार सार्वजनिक भएको मतपरिणाममा भबानीपुर क्षेत्रमा गत बिहीबार भएको उपनिर्वाचनमा निकटतम् प्रतिष्पर्धीभन्दा ५८ हजार बढी मत ल्याएर बेनर्जीले चुनाव जितेको इन्डिया टुडेले जनाएको छ।भारतीय जनता पार्टीकी उम्मेवार प्रियंका तिब्रेवालले हार स्वीकार्दै १ लाख बढी मतले जित्छु भन्ने बेनर्जीको भनाइ पूरा नभएको बताइन्।गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन्।

नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर भाजपामा गएका उनको क्याबिनेटका पूर्वमन्त्री समेत रहेका शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन्।

चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन।भारतीय संविधानको धारा १६४ ९४० ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति