काठमाडौं, १७ असोज । उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो ।गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।
सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया