एमालेका तीनै प्रस्ताव विधान महाधिवेशनबाट सर्वसम्मत पारित

काठमाडौं, १७ असोज । नेकपा एमालेको जारी विधान महाधिवेशनबाट तीनवटै प्रस्ताव सर्वसम्मत पारित भएका छन्।महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएका हुन्। राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो।एमालेको विधान महाधिवेशन नीति निर्माणका लागि भएको थियो। तर यो महाधिवेशनमा माधव नेपाललाई छाडेर आएका घनश्याम भुसाल र भीम रावलसहितका नेताहरुले लिखित रुपमा फरक मत राखेनन्। उनीहरुले असन्तुष्टि व्यक्त गरे पनि लिखित रुपमा फरक मत नराखेपछि तीनवटा मात्रै प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन आजै सकिनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति