ओम्नी ओम्नी, मैले पटक पटक अख्तियारलाई छानबिन गर्नुस् भनेको हो – अध्यक्ष ओली

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताहरूलाई संकेत गर्दै बिग्रेका मान्छेहरू पार्टीबाट बाहिरिएको बताएको दावी गरे । आइतबार विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले सप्रिएकाहरू अहिले पनि एमालेमै रहेको तर्क गरे।‘यो पार्टी काम लाग्दैन भनेर केहीले नयाँ पार्टी दर्ता गरेका छन्। यसलाई सक्नपर्छ र नयाँ बनाउन पर्छ भनिएको छ,’ ‌ओलीले भने,‘कतिपय कारणले अलमलमा परेका भ्रममा परेका तानेर लगिएकालाई फर्काउन हामी पनि प्रयास गर्छौं, तपाईंहरू पनि स्पष्ट हुनुस्।’उनले आफ्नो सरकारका पालामा ओम्नी प्रकरणलाई उछालेर बदनाम गर्न खोजिएको आरोपसमेत लगाए। ‘त्यस्तो महामारीमा स्वास्थ्य सामग्री ल्याइयो। अनि भन्छन्, ओम्नी ओम्नी। मैले पटक पटक अख्तियारलाई छानबिन गर्नुस् भनेको हो। तर जनतासामु हामीलाई बदनामी गर्न खोजियो, ’ ‌ओलीले भने। नेकपाका अध्यक्षसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै उनले उचाइमा पुर्‍याएको आन्दोलनमा केही कुण्ठाग्रस्त व्यक्तिले बञ्चरो प्रहार गरेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति