दश भाइले ओलीको दासत्व स्वीकार गरे – नेता झलनाथ

काठमाडौं, १७ असोज । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेमै बसेका ‘दश भाइ’ लाई केपी ओलीको दास बनेको आरोप लगाएका छन् । अनेरास्ववियू स्थायी कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै खनालले आफूहरूको साथ छाडेर गएका भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरा, भीम आचार्य र युवराज ज्ञवालीले ‘ओलीको दासत्व स्वीकार’ गरेको बताएका हुन् ।टेलिफोनमार्फत सम्बोधन गरेका खनालले ओली दक्षिणपन्थी अवसरवाद, व्यक्तिवाद, अहंकारी र विदेशीको इसारामा चलेको टिप्पणी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति