७० वर्षे उमेर हदको ब्याख्या– बीचमै उमेर कटे पनि पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने पाउने


काठमाडौँ, असोज १७ । नेकपा एमालेले ७० वर्षे उमेर हद कायम राख्दै त्यसको थप व्याख्या गरेको छ । ७० वर्ष पूरा भएपछि कार्यकारी पदबाट बिदा हुने कि नहुने भन्ने विधान महाधिवेशनका सहभागीहरूको प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले ७० वर्ष पूरा नहुँदसम्म कुनै पनि पदमा उम्मेदवार बन्न पाउने बताउनुभयो । कुनै व्यक्ति कार्यकारी पदमा निर्वाचित भएपछि बीचमै ७० वर्ष पुगेमा पनि उसले सो कार्यकाल भरी जिम्मेवारी निर्वाह गर्ने पौडेलले बताए । उदाहरणका लागि अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष निर्वाचित भएमा यसबीचमा ७० वर्ष पूरा भए पनि उनले पूरै ५ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति