एमालेमा बन्यो शक्तिशाली ३ आयोग

काठमाडौँ, असोज १७ । एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो ।अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति