एमालेको केन्द्रीय सदस्य बन्ने योग्यता संशोधन, स्थायी कमिटीको संख्या बढाइयो

काठमाडौं ,१७ असोज । नेकपा एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यता संशोधन भएको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा छलफलपछि सहभागीहरूले दिएको सुझावअनुसार संशोधन गरिएको जानकारी हलमा उपमहासचिव विष्णु पौडेलले बताएका छन् ।यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने भएको छ ।त्यस्तै केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्य हुनेछन् ।

पौडेलले विधान महाधिवेशन हलमा जानकारी दिँदै महिला, दलित,सीमान्तकृत र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष सदस्य भएको र एकपटक जिल्ला कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको लागि योग्य बन्नेछ ।उपमहासचिव पौडेलले सहभागीको सुझावलाई ध्यान दिँदै नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने बताए । यसअघि ४१ सदस्य भनिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति