एमाले विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जोड

काठमाडौं, १७ असोज । नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । गोदावरीमा जारी महाधिवेशनको तेस्रो दिन बाँकी पाँचवटा समूहले समूहगत छलफलको निष्कर्ष पेश गरेको छ । अब केहीबेरमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन् ।प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश २ समूहबाट सुझाव पेश गर्दै ज्वाला साहले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा जोड दिएकी छन् ।जनवर्गीय संगठनहरुको समूहबाट सुझाव पेश गरेकी सुनिता बरालले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधनमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने बताएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति