एमाले विधान महाधिवेशन : समूहगत छलफलको रिपोर्टिङ सकियो, अध्यक्ष ओलीले समापन सम्बोधन गर्ने

काठमाडौं, १७ असोज ।नेकपा (एमाले)को विधान महाधिवेशनको तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ(आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएका थिए ।

त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ प्रस्तुत गरेकी थिइन् । प्रदेश १, गण्डकी प्रदेश र जनवर्गीय संगठनबाट समूहको निष्कर्ष सुनाउनेहरू अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरू हुन् भने प्रदेश २ बाट रिपोर्टिङ प्रस्तुत गर्ने ज्वाला साह माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह निकट नेतृ हुन् ।

प्रभु साह एमालेको विधान महाधिवेशनमा उपस्थित नभएको अवस्थामा ज्वालालाई समूह नेता चयन गरेर अगाडि बढाइएको हो ।एमालेको विधान महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ । आज पार्टी प्रवेश र अध्यक्ष ओलीले समापन सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति