अखिल (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह


काठमाडौं, १७ असोज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अखिकल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका छन् । प्रचण्डले नेताहरुलाई खुमलटार बोलाएर नयाँ अध्यक्ष सिंहलाई बनाउने निर्णय सुनाएका हुन् ।

सिंहको नाम नयाँ अध्यक्षका लागि खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको छ। उनी पहिलो महिला अध्यक्ष पनि भएकी छन्।

गत बिहीबारदेखि राजधानीमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष भएकी हुन्। सिंह लगायत पदाधिकारीको नाम मध्यान्ह १२ बजे हुने बन्द सत्रमा पेस हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति