एमाले विधान महाधिवेशनको अन्तिम दिनः अध्यक्ष ओलीसहितका नेताले जवाफ दिँदै

काठमाडौं, १७ असोज ।  नेकपा एमालेको प्रथम विधान महाविधेशन आज (आइतबार) समापन हुँदैछ। आज राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन् । यसअघि शनिबार प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन् । नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर आजै महाधिवेशन सक्ने तयारी भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति