बूढानीलकण्ठ कांग्रेसमा गगन निकट प्यानल निर्वाचित

काठमाडौँ, १६असोज ।  कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बूढानीलकण्ठ नगरपालिकाको कांग्रेस सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनबाट १५५ मत ल्याउँदै बुढाथोकी बहुमतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत पाए । सभापतिमा निर्वाचित बुढाथोकी कांग्रेस नेता गगन थापा निकट नेता मानिन्छन्। काठमाडौंका सबै स्थानीय तह र जिल्लामा आफ्नो पकड बनाउन लागेका कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका देउवालाई आफ्नै गृहनगरमा धक्का लागेको छ । सभापतिसहित पदाधिकारीमा थापानिकट बुढाथोकीको प्यानल नै निर्वाचित भएको छ । उपसभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी साथै सहसचिवमा कुमार खड्का र निर्मला आचार्य निर्वाचित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति