एमाले विधान महाधिवेशन: एमसीसीबारे स्पष्ट धारणा, कार्यकारी पदमा दुई कार्यकाल वा ७० वर्षे उमेर हद

काठमाडौं, १६ असोज । नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट पार्न नेतृत्वलाई सुझाव दिएका छन् । त्यस्तै, पार्टीमा ७० वर्षे उमेर हद लगाउने र सदस्यहरूले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्थामध्ये एक मात्र लागू गर्ने नीति लिनुपर्ने बताएका छन् ।

विभाग र केन्द्रीय निकायको तर्फबाट समूहमा उठेका छलफलको निष्कर्ष भानुभक्त ढकालले प्रस्तुत गरेका थिए । उनले समूहमा अमेरिकासँग नेपाल सरकारले गरेको एमसीसी सम्झौताबारे पार्टीको धारणा प्रष्ट पार्नुपर्ने धारणा आएको सुनाएका थिए । एमसीसीको बारेमा पार्टीको एउटा धारणा आउनुपर्छ भनेर प्रतिनिधिहरूले कुरा उठाउनुभएको छ, उनले भने ।

त्यस्तै, विधान महाधिवेशनको दोस्रो दिन शनिबार भएको समूहगत छलफलमा प्रतिनिधिहरूले कार्यकारी पदमा दुई कार्यकाल बस्ने र ७० वर्षे उमेर हद लगाउनेमध्ये एउटा नीति मात्रै लिनुपर्ने उनीहरूले धारणा प्रस्तुत गरेका हुन् ।कर्णाली प्रदेशबाट समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै गोरख बोगटी निष्कर्ष सुनाउँदै भने, प्रत्येक जिल्लाबाट एउटा केन्द्रीय सदस्य हुने व्यवस्था मिलाउनुपर्छ ।

७७ वटै जिल्लाका १र१ जना केन्द्रीय सदस्य कम्तिमा हुनुपर्छ । कुनै जिल्लाबाट बढी होलान् त्यो फरक कुरा हो ।बोगटी समूहको छलफलबाट ७० वर्षे वा दुई वर्षे कार्यकाल भन्ने व्यव्था राख्नुपर्छ । २ कार्यकाल भन्नुपर्‍यो कि ७० वर्षे राख्नुपर्छ ।

दुवै राख्दा अप्ठ्यारो हुन्छ भन्‍ने निष्कर्ष निकालेको हो ।उक्त समूहका सदस्यहरूले संघीय मन्त्रिपरिषद्‌मा ५० प्रतिशत विज्ञ र ५० प्रतिशत जनप्रतिनिधि नियुक्त गर्ने व्यवस्थाको नीति लिनुपर्ने पनि बताएका छन् ।लुम्बिनी प्रदेश समूहको छलफलाम उठेका कुरा सुनाउँदै लिलानाथ गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने नीति पार्टीले लिनुपर्ने, सरकार र पार्टीबीच अन्तरसम्बन्ध कस्तो हुने भन्ने नीति लिनुपर्ने, पार्टीभित्र देखिएको सांस्कृतिक विचलन बारे ध्यान दिनुपर्ने कुरा पनि आएका बताए ।

पार्टीमा व्यक्ति नभएर विधि स्थापित हुनुपर्छ भन्ने धारणा पनि लुम्बिनी प्रदेशबाट आएका विधान महाधिवेशन प्रतिनिधिले राखेका छन् । प्रदेश कमिटी बढिमा १५१ सदस्यीय बनाउनुपर्ने, विभाग २१ जनाको हुनुपर्ने सुझाव लुम्बिनी प्रदेशको समूहगत छलफलबाट आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति