एमाले विधान महाधिवेशनमा समूहगत छलफल : संसद विघटनको औचित्य प्रष्ट पार्न सुझाव

काठमाडौँ, १६ असोज ।ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल भएको छ।महाधिवेशनमा पेस भएका तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा छलफल सुरू भएको हो।छलफलको क्रममा अधिकांश समूहको जोड समावेशीतासहित उपाध्यक्ष सात हुनुपर्नेमा छ। यस्तै, नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउँदा पनि पदाधिकारी थप्दा पनि पाँच उपाध्यक्षको औचित्य नभएको छलफलमा उठेको छ। खाली नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउन मात्र पदाधिकारी थपिएको जस्तो देखिएको समूहको बुझाइ छ।समूहले नेकपा विवादकै कारण प्रतिनिधि सभा विघटन भएको र त्यसकारण एमाले विभाजन भएको छलफलमा बताएको छ। समूहले संसद विघटनको औचित्य प्रष्ट पार्न समेत सुझाव दिएको छ। यस्तै, नेताहरू विभाजित बनाउने नाममा व्यक्तिको गुनगान बढी भएको समूहले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति